म्याद सकिएको डेबिट कार्डबाट लाखौं रुपैयाँ निकाल्ने दुईजना पक्राउ



काठमाडौं । म्याद सकिएको डेबिट कार्डबाट पैसा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ५ स्थित भत्केको पुलबाट दुई जनालाई आइतबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भइ भत्केको पुलमा कोठामा बस्ने ५७ वर्षीय जगतबहादुर गुरुङ र पर्साकी ३० वर्षीया सावित्री गुरुङ छन् । जगत पूर्व ब्रिटिस लाहुरे हुन् । उनीहरूले काठमाडौंका चाबाहिल, कालोपुल, हात्तिसार भाटभटेनी क्षेत्रमा रहेको सिद्धार्थ बैंकको एटिएम मेसिनबाट पैसा झिकेका थिए। पैसा निकाल्न बेलायतको लोइज बैंकको भिसा डेबिट कार्ड प्रयोग गरेका थिए । पक्राउ परेका उनीहरू जना सिद्धार्थ बैंकका ग्राहक हुन् ।

बैंकका अनुसार उनीहरूले सुरूमा गत बुधबार पैसा झिकेका थिए। सुरूमा उनीहरूले ३० हजार रकम निकालेका थिए । उनीहरूले पटक–पटक गरी ३४ लाख ३५ हजार रुपैयाँ झिकेका थिए। त्यसको करिब २ लाख रकम त उनीहरूले खर्चसमेत गरिसकेका छन् । उनीहरूले त्यसरी झिकेको अधिकांश पैसा प्रहरीले बरामद गरिसकेको छ।

प्रहरीले एउटा डेबिट कार्ड र २१ लाख बरामद गरेको छ। झिकेको मध्ये १० लाख ५० हजार रकम भने सहकारीमा जम्मा गरेको समेत खुलेको प्रहरीले जनाएको छ । उनीहरूमाथि प्रहरीले बैंकिङ कसुरको मुद्दामा अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते गर्ने निर्णय

भक्तपुर । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर

कैलालीमा गम्बोरो रोगले मरे पाँच हजार भन्दाबढी कुखुरा

कैलाली ।  कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

पाल्हीनन्दन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक

‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’

  सिर्जना राई, काठमाडौँ । हिन्दूहरूको मुख्य पर्व बडादसैँ सुरु भइसकेको छ तर