नेपाली सेनालाई अमेरिकाले दियो विपद् व्यवस्थापनका सामग्री



काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई विपद् व्यवस्थापनमा प्रयोग हुने डुंगालगायत सामग्री सहयोग गरेको छ । नेपाली सेनाका अनुसार अमेरिकाले ‘आउट बोर्ड मोटर’ सहित चारवटा रेस्क्यु बोट (डुंगा) उपलब्ध गराएको हो ।

ती सामग्री सेनालाई अमेरिकाको रक्षा सहकार्यअन्तर्गत दिइएको हो । सेनालाई प्राप्त सामग्रीहरूको कुल लागत १० लाख डलर रहेको अमेरिकी राजदूतावासले जनाएको छ । अमेरिकी दूतावासअन्तर्गत रक्षा सहकार्य कार्यालयका प्रमुख मेजर माइकल ह्वाइटले उक्त सहयोग सामग्री नेपाली सेना विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मालाई हस्तान्तरण गरेका हुन् ।

सेनाका अनुसार अमेरिकी सहयोगका डुंगा बाढी–डुबानजस्ता विपद्मा उद्धार तथा राहत कार्यका लागि उपयोगी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थापाथलीमा पाइप फुट्दा सडकमा बग्यो मेलम्चीको पाँच लाख लिटर पानी

काठमाडौं ।  थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी

जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा

पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा