सन्तोषीको हत्या अभियोगमा एक जना पक्राउ



काठमाडौं । काठमाडौंको दक्षिणकालीमा मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कमलाक्षीबाट एक जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनलाई आज सार्वजनिक गर्ने बताएको छ । मंगलवार दिउँसो करिब ३ बजेतिर शव भेटिएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

ट्वाइलेटभित्र अर्धनग्न अवस्थामा उनको शव फेला परेको थियो । सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएकी थिइन् । सन्तोषी विभिन्न चराको आवाज निकालेर सामाजिक संजालमा चर्चित थिइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

हेटौंडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद