पहिरोमा पुरिएर रोल्पामा तीन जनाको मृत्यु



रोल्पा । अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी तीनजना घाइते भएका छन् । पहिराले घर पुरिँदा रोल्पा–९ लिउनका ४६ वर्षीया प्रतिमा बुढा, १८ वर्षीया सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढाको मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

घटनामा परी ४० वर्षीय टीकासिंह बुढा, ४५ वर्षीया सुनमाया बुढा र नौ वर्षीय शक्तिमान बुढा घाइते अवस्था रहेको सुवेदीले बताए । “घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य छ”, सुवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा