आफ्नै श्रीमतीको योजनामा कपिलवस्तुमा माओवादी नेता पाण्डेको हत्या



कपिलवस्तु । आफनै श्रीमतीको योजनामा कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेको गोली हानी हत्यामा भएको रहस्य खुलेको छ । कपिलवस्तु नगरपालिका–१ का स्थायी बासिन्दा ३४ वर्षीय पाण्डेलाई जेठ ५ गते राति गोली प्रहार गरिएको थियो । पाण्डेको उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो ।

गोली प्रहारपछि गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएकोमा ५ दिनको उपचारपछि जेठ १० गते राति हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा गरेको कपिलवस्तु प्रहरीले २५ दिनको अनुसन्धानपछि मृतक पाण्डेकी श्रीमतीसहित संलग्न ११ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । उक्त घटनाका मुख्य योजनाकार भनिएका ओमप्रकाश यादवले पाण्डेकै श्रीमती महिमा पाण्डेको योजनामा गोली प्रहार गरेको बताएका छन् ।

आफ्ना श्रीमान मार्न महिमा पाण्डेले त्यस अघिपनि पनि विभिन्न व्यक्तिलाई सूपारी दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार महिमाले श्रीमान दीपकलाई मार्न यादवलाई एक लाख रुपैया पेश्की दिएकी थिइन् ।

यसपटक महिमाको मुख्य सहयोगीको रुपमा जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य सहसराम यादवका स्वकीय सचिव कपिलवस्तु–१ का ३९ वर्षीय यादवले आफैले गोली प्रहार गरेका थिए ।

नेता यादवसँगको अनैतिक सम्वन्ध रहेको थाहा पाएपछि पछिल्ला ५ बर्ष यता पाण्डे र यादवबीच मनमुटाव रहेको र महिमाले नै दीपकलाई मार्न योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले भने,‘महिमाले दीपकलाई मार्न पक्राउ परेका यी सात व्यक्तिहरूलाई दुई–तीन वर्षदेखि प्रयोग गर्दै आएको देखिएको छ, पटक–पटक नै मार्न बैना दिएको र असफल भएको देखिन्छ ।

महिमाले धेरैलाई प्रयोग गरिन् अन्तिम पटकमा आफ्नै प्रेमीको प्रयोगबाट उनको हत्या गर्न प्रयास सफल भएको देखिएको छ।’ पाण्डेलाई मार्ने तारतम्य मिलाउनेदेखि रेकी गरी गोली प्रहार गर्ने काममा समेत संलग्न रहेका मुख्य योजनाकार यादव जनता समाजवादी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्बिनी प्रदेश अध्यक्षसमेत हुन् ।

यादवसँगै लु १६प ३४९७ नम्बरको पल्सर मोटरसाइकलमा गएका रमजान साह मुसलमान र साकिर अलि मुुसलमानले ५ गते राति ११ बजे मोटरसाइकलमा रहेका पाण्डेलाई गोली हानेका थिए । कपिलवस्तु प्रहरीका अनुसार यादवले मोटरसाइकल चलाएका भने मोटरसाइकलको पछाडि रहेका रमजान साह मुसलमान र साकिर अलि पखियाले पाण्डेलाई दुई वटा पेस्तोलबाट एक–एक गोली हानेका थिए।

पखियाले कटुवा पेस्तोलबाट एक राउन्ड गोली चलाएका थिए भने मुसलमानले अटोमेटिक पेस्तोलबाट एक राउन्ड गोली चलाएका थिए । प्रहरी प्रवक्ता भण्डारीका अनुसार घटनाको ५ दिन भित्रै पक्राउ परेका उनीहरू तीन जनाको साथबाट मेड इन युएसए पेस्तोल एक थान, म्यागजिन र ७५ थान भन्दा बढी गोलीहरू बरामद भएको थियो ।

घटनामा बिभिन्न ढंगले संलग्न भएका तथा हत्या पछि हातहतियार व्यवस्थापनमा सघाउने समेतका ७ जना र घटनामा प्रत्यक्ष सम्लग्न ४ जना गरी ११ जनालाई कपिलवस्तु प्रहरीले सोमबार सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका–१ आनन्दबागका ३५ वर्षीय पूर्णवीर पाल्पाली, वडा नम्बर २ का सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका–४ का ज्ञानेन्द्रकुमार पाण्डेय, सोही ठाउँका राधेश्याम चौधरी, कपिलवस्तु–५ का श्रीराम कुर्मी, कपिलवस्तु १ का नरसत अली र वडा नम्बर २ का प्रवीण गुप्ता रहेका छन्।

पक्राउ परेका व्यक्तिमध्ये साकिर अली पखिया हातहतियार तथा खरखजना मुद्दामा २०६४ साल वैशाख ५ गते पक्राउ परेका थिए। त्यसबेला उनी दुई वर्ष जेल बसेर छुटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण