डाँका मुद्दाका फरार अभियुक्त ३८ वर्षपछि पक्राउ



कञ्चनपुर । डाँका मुद्धाका फरार प्रतिवादी बेलौरी नगरपालिका वडा नम्बर २ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई प्रहरीले ३८ वर्ष पछि मंगलबार पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको बेला प्रहरीले लुहारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार लुहारले विसं २०४० सालमा लारी डिष्टीलरी बेलौरीबाट अन्त शुःल्क वाफतको सरकारी रकम लक्ष्मीपुर पुर्नवास स्थीत राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा बन्दुक लगायतको हातहतियार देखाई लुटपाट गरेका थिए ।

कञ्चनपुर जिल्ला अदालतको विसं २०४२ सालको फैसला अनुसार लुहारलाई ३ वर्ष १ महिना १५ दिन कैद सजाय तोकिएको थियो । वारदात देखि लुहार फरार रहदै आएका थिए । पक्राउ परेका लुहारलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

काठमाडौं। चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो। चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको

कर्तव्य ज्यान मुद्दाका फरार दुई अभियुक्त ३७ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ३७ वर्षपछि पक्राउ परेका छन् ।

सर्लाहीमा नक्कली नोट बनाउने गिरोह पक्राउ

जनकपुरधाम । नक्कली नोट बनाउने गिरोहलाई सर्लाहीमा प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको

सागसब्जी बेचेर मासिक एक लाख आर्जन

सुनसरी । प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्भने केही भने