नयाँ बस्तीमा जलाएको अवस्थामा शवको केही भाग फेला


काठमाडौं । काठमाडौंको नयाँ बस्तीमा एउटा शवको केही भाग फेला परेको छ । प्रहरीका अनुसार हत्यापछि शव जलाएको र बाँकी भाग यहाँ फालेको हुन सक्छ । तर कसले कहिले फालेको भन्ने केही खुलेको छैन ।

काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहका अनुसार कुनै ठाउँमा जलाएर शवको केही भाग यहाँ फालेको हुन सक्ने आशंका गरिएको छ । उनले घटनाकाबारेमा थप अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् ।