नवलपुर । पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योग ग्राममा बुधबार बिहानदेखि आगलागी भइरहेको छ । उद्योगको बियर र चाउचाउ उद्योग गर्ने प्लान्टमा आगलागी भएको हो ।
बिहान साढे ८ बजे सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन । सुरक्षाकर्मी र मजदुर दमकलसहित आगो निभाउन खटिएका छन् । आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएका छन् । उनका अनुसार बियर र चाउचाउ राख्ने कागजको काटुनमा आगो लागेकाले चाँडै फैलिएको छ ।
चौधरी ग्रुपका सहायक प्रबन्धक सुवास देवकोटाले कार्टुन गोदामबाट आगो सुरु भएर मुख्य भवनमा सरेको जानकारी दिए । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया