स्विजरल्यान्डद्वारा ९४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग



काठमाडौँ । स्विजरल्यान्डले नेपाललाई कोभिड–१९ विरुद्ध लड्नका लागि ८० लाख अमेरिकी डलर(करिब ९४ करोड नेपाली रुपैयाँ) बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई शनिबार हस्तान्तरण गरेकी हुन् ।

स्विस सरकारले झन्डै ३० टन स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । नेपाललाई दिइएको स्वास्थ्य सामग्रीहरुमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख एन्टिजेन, १ लाख १० हजार केएन–९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट रहेका छन् । हस्तान्तरण कार्यक्रममा राजदूत क्यापेलरले स्विजरल्यान्ड कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाल र नेपालीहरुसँग ऐक्यबद्धतामा उभिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरधाममा अनधिकृतरुपमा सञ्चालित अस्पतालका सञ्चालक सरकारको अनुगमनविरुद्ध आन्दोलित

जनकपुर । जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ । मधेश

शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

पोखरा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बीमा कोष बलियो बनाउन आवश्यक भएको

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका

नेत्र चापागाईंलाई पराजित गर्दै नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित