आहा ! प्राकृतिक सुन्दरताको खानी लिसंखु पाखर (फोटोफिचर)
सिन्धुपाल्चोक । अहिले विश्वभरका मानिसहरू निराश मनस्थितिमा छन्। तर, प्रकृति भने प्रफुल्लित देखिन्छ । लाग्छ यतिबेला प्रकृति उदात्त हाँसो हाँसिरहेको छ ।
तर मानिसले प्रकृतिको यो सुन्दरतालाई हेर्न र आनन्दको अनुभूति गर्न पाएको छैनन्। प्रकृतिमा सुन्दरताको चाङ लागेको छ। मानिस भने कोरोना महामारीका कारण अतास्सिईरहेको छ। सिन्धुपाल्चोकमा यतिबेला अत्यन्त सुन्दरता छाएको छ ।
काठमाडौंको उत्तर पूर्वी सिमानामा जोडिएको सिन्धुपाल्चोक जिल्ला धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरीपूर्ण छ । प्रदेश नं. ३ को सबैभन्दा ठूलो यो जिल्लामा तामाङ्ग जातिको बाहुल्यता छ । भौगोलिक, जैविक विविधता तथा प्राकृतिक सुन्दरताले भरिएको सिन्धुपाल्चोकमा देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यहरु धेरै छन् ।
तस्बिर : विकास तामाङ ग्याबाको फेसबुकबाट