विराटनगरबाट सेनाले काठमाडौं ल्यायो ४५९ सिलिण्डर अक्सिजन



काठमाडौं । नेपाली सेनाले शुक्रबार गृह मन्त्रालयको संयोजनमा कासा विमानमार्फत ५९ सिलिण्डर अक्सिजन विराटनगरबाट काठमाडौँ ल्याएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को संयोजनमा सेनाले बिहीबार पनि विराटनगरबाट ६० सिलिण्डर विमानद्वारा र ३४० सिलिण्डर अक्सिजन ट्रकमार्फत ढुवानी गरी काठमाडौँ ल्याएको थियो ।

विराटनगरबाट बिहीबार र शुक्रबार काठमाडौँ ल्याइएको अक्सिजन आवश्यकताका आधारमा काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललाई उपलब्ध गराइने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । केही दिनअघि पनि सेनाले बाराको सिमराबाट आफनो संयन्त्रमार्फत अक्सिजन सिलिण्डर सङ्कलन गरी हेलिकप्टरद्वारा तुरुन्त ढुवानी गरी रुपन्देहीका विभिन्न अस्पताललाई उपलब्ध गराएको थियो ।

पछिल्ला केही दिनमा मुलुकका विभिन्न अस्पतालमा अक्सिजनको अभावमा बिरामीको उपचारमा समस्या देखिएपछि अक्सिजनको व्यवस्थापन र ढुवानीलाई सेनाले पहिलो प्रथामिकतामा राखेर काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बर्खायाममा यातायात नियमित सञ्चालन हुनसक्ने गरी बिपी राजमार्गको मर्मत गरिँदै

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको

थापाथलीमा पाइप फुट्दा सडकमा बग्यो मेलम्चीको पाँच लाख लिटर पानी

काठमाडौं ।  थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी

जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

राज्यले नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन