प्रधानसेनापतिद्वारा अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान



भक्तपुर । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम सम्पन्न भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा आइतबार क्याडेटले उच्चस्तरको आयुक्त पद कवाज प्रदर्शन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

समारोहमा प्रधानसेनापति थापाले चार विदेशी, २३ महिलासहित १५५ लाई उपसेनानी पदको आयुक्त पद प्रदान गरे । तालीममा ५६ समूहका दुई अधिकृत क्याडेटलाई पनि आयुक्त पद प्रदान गरिएको थियो ।

प्रधानसेनापति थापाले आआफ्नो समूहमा तालीममा उत्कृष्ट हुने विजय थापा, अन्तरराष्ट्रिय अधिकृत क्याडेट केन्याकी बेरली ओपिला अकिन्यी र प्राविधिक अधिकृत उपसेनानी अर्जुन मगरलाई पुरस्कार प्रदान गरे ।

उक्त प्रतिष्ठानबाट हालसम्म १९ विदेशी अधिकृतले तालीम पूरा गरेका छन् । यस पटक विदेशका केन्या, माल्दिभ्स, श्रीलंका र जाम्बियाका सैनिक शिक्षार्थीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वन्यजन्तु-मानव द्वन्द्वः चितवनमा ६ महिनामा दश जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ

इलामका चार सय ५६ परिवार बेसारखेतीमा रमाउँदै

इलाम । इलामको रोङ गाउँपालिका-४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग बनाइने

मङ्गलबारे (इलाम) ।इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ । जिल्लाको

श्रमदानबाटै सिँचाइ योजना मर्मत

म्याग्दी (बेनी)। म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन्