बढी भाडा लिने बुकिङ्ग काउण्टरका सात कर्मचारी ट्राफिक प्रहरीको फन्दामा



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा गरेको दिनदेखि परिचालन गरेको विशेष छड्के जाँच तथा अनुगमन टोलीले बिभिन्न स्थानबाट दैनिक रुपमा यात्रु ठगी गर्नेलाई पक्राउ गरेको छ । महामारीको यस्तो परिस्थितिमा यात्रुहरु समस्यामा पर्न सक्ने र ठगीन सक्ने कुरालाई मध्यनजर गरि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष टोली परिचालन गरेको छ ।

टोलीले सम्भावित त्यस्ता स्थानहरुमा निग्रानी गर्ने, आफैं यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट आएका र अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जानु पर्ने यात्रुहरुसँग तोकिएको भन्दा तीन गुणा बढी भाडा लिने काउण्टरका कर्मचारीहरुलाई कलंकी र बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

ट्राफिक प्रहरीले सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भई थानकोट बस्ने बर्ष ५३ को मनु अर्याल र उनकै छोरा बर्ष ३० को अनु अर्याललाई पक्राउ गरेको हो । त्यस्तै नारायणी यातायात काउण्टरका टिकट बुकिङ स्टाफ हेटौडाका ३८ बर्षे नवराज घिमिरे, कुलेश्वर बस्ने बर्ष ४४ का बिपिन सुवेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ् ईन्चार्ज सुन्धारा काठमाण्डौंका ४९ बर्षे ज्ञानेन्द्र साह समेत बढी भाडा लिएको कसुरमा पक्राउ परेका हुन् ।

उनीहरुले धनुषा, महोत्तरी र बिरगंज जाने यात्रुहरु संकलन गरि प्रति व्यक्ति पच्चीससय देखि तीनहजारसम्म भाडा लिने गरेको पाइयो, जुन तोकिएको भन्दा करिव तीन गुणा बढी हुन आउने महाशाखाले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई आबश्यक कारबाहीको लागी प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ । त्यसैगरी गंगबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग ६ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रालिका कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागरीराम छिनाललाई पक्राउ गरि थप कारबाहीको लागी प्रहरी प्रभाग नयाँबसपार्कमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बर्खायाममा यातायात नियमित सञ्चालन हुनसक्ने गरी बिपी राजमार्गको मर्मत गरिँदै

काभ्रे । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको

थापाथलीमा पाइप फुट्दा सडकमा बग्यो मेलम्चीको पाँच लाख लिटर पानी

काठमाडौं ।  थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी

जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा