काभ्रेमा आइसोलेसन कक्ष व्यवस्थापनमा स्थानीय तह सक्रिय



वनेपा । काभ्रे जिल्लाका स्थानीय तहहरु आइसोलेसन कक्ष व्यवस्थापन गर्न सक्रिय भएका छन् । कोरोना भाइरस(कोभिड–१९) को दोस्रो लहर फैलिएपछि काभ्रेपलाञ्चोकका नगरपालिका र गाउँपालिकाहरु आइसोलेसन व्यवस्थापन गर्न सक्रिय भएका हुन् ।

नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा नमोबुद्धको नौविसेमा जनक बहुमुखी क्याम्पसमा ४० शय्याको आइसोलेसन केन्द्र स्थापना गरेको छ । सीमित जनशक्ति एकीकृत रुपमा परिचालन गरी आइसोलेसनमा बस्ने बिरामीको सेवा प्रभावकारी बनाउन दुई पालिकाबीच सहमती गरिएको नमोबुद्ध नगरपालिकाले जनाएको छ ।

आइसोलेसनका सबै शय्यामा अक्सिजनसहितको अत्यावश्यक स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । दुबै पालिकाबाट एक/एक चिकित्सक आलोपालो हुनेगरी खटिनेछन् भने बिरामीको अनुपातमा दुबै पालिकाबाट स्वास्थ्यकर्मी खटाइने छ । सो केन्द्रमा एक जनाको उपचार भइरहेको छ । यसअघि सो केन्द्रमा २५ शय्या मात्र व्यवस्थापन गरिएको थियो ।

कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिकाले पनि सङ्क्रमितको उपचारको लागि तीन ठाउँमा गरी १८ शय्याको अक्सिजन सिलिण्डरसहितको आइसोलेसन केन्द्र व्यवस्थापन गरिरहेको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमका अनुसार वडा नं. ५ को धुसेनी शिवालय प्राथमिक अस्पतालमा १०, वडा नं. २ को डिसीडब्लुसी अस्पतालमा ५ र वडा न.. ३ को धुलिखेल अस्पतालको आउटरिच केन्द्रमा ३ शय्याको आइसोलेसन कक्ष व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । शय्या व्यवस्थापनसँगै धुसेनी शिवालय प्राथमिक अस्पतालमा दुई र अरू अस्पतालमा एक एक गरी ४ जना एमबिबिएस डाक्टरलाई तयारी अवस्थामा राख्ने योजना रहेको उनले बताए  । गाउँपालिकाले आवश्यक औषधि र अक्सिजन सिलिण्डर खरिद गर्ने तयारी गरेको छ ।

त्यस्तै वनेपा नगरपालिकाको सक्रियतामा बनेपास्थित शिर मेमोरियल अस्पतालमा २० शय्याको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ भने नगरपालिकाको वडा नं. ५ स्थित नेपाल वनेपा पोलिटेक्निक इन्ष्च्यिुटमा ५० शय्याको आइसोलेसन व्यवस्थापन गरिएको छ ।

पाँचखाल नगरपालिकाले पनि तामाघाट समाजकल्याण चोकमा स्वास्थ्य उपकरणसहित चिकित्सक तथा आवश्यक दक्ष स्वाथ्यकर्मीसहित १५ शय्याको आइसोलेसन कक्ष तयार गरिसकेको छ । अहिले पाँचखाल बाहेक वनेपा र नौविसेको आइसोलेसन केन्द्रमा कालीजंग गण धुलिखेलको नेपाली सेनाको टोलीले सुरक्षा दिँदै आएको छ ।

शुक्रवारसम्ममा जिल्लामा ७० सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९६४ पुगेको छ । वनेपामा ३७२, पनौतीमा २१५, धुलिखेलमा १८९, पाचखालमा ६६, मण्डनदेउपुरमा २७ र नमोबुद्ध नगरपालिकामा ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै रोशीमा २१, चौरीदेउरालीमा ८, तेमालमा ७, बेथानचोकमा १४, भुम्लुमा ८, महाभारतमा ३ र खानीखोला गाउँपालिकामा २ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । १६ जना भने शुक्रबार निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्धारित समयअगावै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ‘ग्रे लिष्ट’बाट बाहिर

सम्पत्ति शुद्धीकरण निवारणमा एफएटिएफको ‘ग्रे लिष्ट’ मा पर्यो नेपाल

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल

पृतनापति समन्वयात्मक बैठक, सम्पन्न, यस्तो आयो निष्कर्ष

काठमाडौँ । जङ्गीअड्डामा बिहीबारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठक शुक्रबार सम्पन्न भएको छ

सामाजिक सञ्जाल विधेयक फिर्ता लिन पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूको आग्रह

काठमाडौँ । राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा