चन्द्रागिरि अस्पतालमा ‘आइसोलेशन सेन्टर’ निर्माण गरिने



काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि अस्पताल थानकोटमा ‘आइसोलेशन सेन्टर’ निर्माण गर्ने भएको छ ।

काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै चन्द्रागिरि नगरपालिका–४ मा रहेको चन्द्रागिरि अस्पताल थानकोटमा आइसोलेशन सेन्टर निर्माणको तयारी थालेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरस्तरीय अस्पतालका रुपमा रहेको चन्द्रागिरि अस्पताल थानकोट र मनमोहन अस्पताल दहचोकमा आइसोलेशन सेन्टर निर्माण गर्न लागेको जानकारी दिए ।

“चन्द्रागिरि अस्पतालमा २० र मनमोहन अस्पतालमा ३०० भन्दा बढी कोरोना सङ्क्रमितको उपचार गर्न सकिन्छ”, उनले भने । यस्तै, चन्द्रागिरिले सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पतालमा समेत कोरोना सङ्क्रमितको उपचार गर्ने जनाएको छ ।

काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा रहेका छन् । चन्द्रागिरि नगरपालिकामा नगर अस्पतालबाहेक १६ स्वास्थ्य संस्था रहेका छन् । १५ वडामा १५ स्वास्थ्य संस्था र वडा नम्बर १० मा थप एक स्वास्थ्य संस्था रहेको नगर प्रवक्ता महर्जनले बताए ।

चन्द्रागिरिले कोरोना सङ्क्रमण चेकजाँचका लागि आवश्यक पर्ने पल्स अक्सिमिटर र अक्सिजन प्रत्येक वडाका स्वास्थ्य संस्थामा पुर्याउने लक्ष्य राखेको छ । कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालसम्म लैजानका लागि चन्द्रागिरिले नगरस्तरीय एम्बुलेन्सको प्रयोग गर्ने जनाएको छ । उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा नगरपालिकामा सञ्चालनका लागि एम्बुलेन्स खरीद गरेको थियो ।

चन्द्रागिरिमा हालसम्म दुई हजार २८३ कोरोना सङ्क्रमित भेटिएका छन् । यसमध्ये दुई हजार ६५ सङ्क्रमित निको भएर घर फर्किसकेका छन् भने १७४ होम आइसोलेशन र १८ जना अस्पताल आइसोलेशनमा रहेका छन् । हालसम्म कोरोना सङ्क्रणका कारण चन्द्रागिरिमा २६ जनाले ज्यान गुमाइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङको फुङलिङमा तनाव

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका र प्रहरीबीच झडप भएको छ

‘स्वयम्भू महोत्सव’ सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वयम्भू क्षेत्रलाई धार्मिक एवं सामाजिक सहअस्तित्व

‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’

महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको