प्रदेश दुईमा कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र गठन



जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ ।

प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले शनिबार जनकपुरधामस्थित बिहान आफ्नै निवास परिसरमा सर्वदलीय बैठक आयोजना गरी सरकारले हालसम्म चालेको कदमबारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेका हुन् ।

समाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलीय संयन्त्रमा नेकपा (एमाले) संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य राम अशिष यादव रहेका छन् ।

त्यसैगरी बैठकले २५ जनाभन्दा बढी सहभागी हुने, सांस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिलाई स्थानीय प्रशासनको सहयोगमा कडाइका साथ रोक्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौसम प्रतिकूलताका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज

तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा

चर्कियो पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको विवाद

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच विवाद चर्किएको छ