वर्षाले सामुदायिक वनको डढेलो निभाउँदै, स्थानीयवासी खुसी



डोटी । डोटी जिल्लामा लामो समयपछि वर्षा भएको छ । वर्षा भएसँगै यहाँका सामुदायिक वनमा लागेको आगो पनि निभ्दै गएको छ । वर्षासँगै यहाँका किसान खुशी भएका हुन् ।

पानी परेसँगै खेतीबाली सप्रिने, केही दिनअघिदेखि बढेको वातावरणीय प्रदूषण कम हुने र आगलागी पनि नियन्त्रणमा आउने भन्दै स्थानीयवासीमा खुशीयाली छाएको शिखर नगरपालिका–२ का चेतबहादुर बोगटीले बताए । उनले भने, “आगलागीले पूरै वन सखाफ भएको थियो, वातावरणीय प्रदूषण पनि खराब थियो, अहिले पानी परेपछि राम्रो हुँदै गएको छ ।”

बिहीबार, शुक्रबार तथा शनिबार लगातार तीन दिन पानी पर्दा यहाँका बाँझो जमिन खनजोत गर्न तथा मकै छर्नका लागि निकै सहज भएको किसान बताउँछन् । डिभिजनल वन कार्यालय डोटीका अनुसार यहाँका सयौँ वन क्षेत्रमा लागेको आगो लगातार पानी पर्दा नियन्त्रणमा आउन थालेको छ । यस वर्ष गएको एक महिनाको अवधिमा जिल्लाका कम्तीमा पनि ३६० सामुदायिक तथा अन्य सरकारी वनमा आगलागी हुँदा वातावरण नै असहज बन्नुका साथै बस्तीसमेत खतरामा परेका थिए ।

डढेलोका कारण आगलागी हुँदा दर्जनौँ घरसमेत जलेका छन् । गएको असोज महिनायता पानी नपरेपछि यस वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको थियो भने बर्खेखेती लगाउन पनि असर परेको किसान बताउँछन् । जिल्लामा लागेको डढेलो निभाउन नसकिँदा सयौँ हेक्टर जमिन तथा त्यहाँ उम्रिएका जडीबुटी नोक्सान भइरहेको बेला एकाएक परेको पानीले आगो नियन्त्रणमा आउन निकै सहज भएको डिभिजनल वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

नेपाल इयूको सुरक्षा सूचीबाट छिट्टै हट्ने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. विनोदप्रकाश सिंहले नेपाल

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिमा १० वर्षमा झण्डै १५ अर्ब खर्च

काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै