दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण गरिँदै



कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले ३८ लाख ११ हजार ३४४ रुपैयाँ बजेट परिचालन गरेको छ ।

अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले जानकारी दिइन् । “नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पुर्याउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भनिन्, “आवास नभएका सबै परिवारलाई सुरक्षित आवसको पहुँच पुर्याउने लक्ष्य लिएका छौँ ।” सबै वडामा घरवारविहीनका लागि आवास निर्माण भइरहेको उनले बताइन् ।

उनका अनुसार एक घर निर्माण गर्न झण्डै दुई लाख खर्च लाग्ने छ । निर्माण हुने आवासमा दुई कोठा, बरण्डा निर्माण गरिने छ । छानामा जस्ता पाता राखिने छ । चालू आर्थिक वर्षमा आवास निर्माणको कार्य पूरा गर्ने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेमा थप चार जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट बिहीबार थप चार जनाको उपचारको क्रममा मृत्यु भएको

खाद्यान्न संकट हुन नदिन हुम्लामा हवाई उडान पुनःशुरु

सिमकोट । कोरोना संक्रमणको दर बढ्दै गए जिल्लामा खाद्यान्न संकट पर्न सक्ने जनाउँदै

यात्रुसँग बढी भाडा असुल्ने कलंकीबाट थप दुई जना पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने थप दुई जनालाई

उत्तरदायीपूर्ण सरकार दिन संसद्सँग बृहत् नागरिक आन्दोलनको आह्वान

काठमाडौं । बृहत् नागरिक आन्दोलनले कोरोना संक्रमणको दोस्रो लहरले धेरैको मृत्यु हुनका साथै