बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटार बस्ने खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–१५ घर भएका ३४ वर्षीय बरुण ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र विगो बमोजिम ६१ लाख ५५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

ढकालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कुमारी बैंक लिमिटेड शाखा कार्यालय कोटेश्वरमा रहेको उनको नामको खाताबाट भुक्तान हुने गरी २ जना पीडितलाई ६१ लाख ५५ हजार रूपैयाँ बराबरको चेक काटी दिएको घटनामा बैंकिङ कसूर जन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको व्यूरोले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धानखेत मासेर किबीखेती

गलकोट ।  एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण

देउसीभैलोमा रमाए पर्यटक

म्याग्दी ।  जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटक देउसीभैलोमा रमाएका छन्। अन्नपूर्ण

रामपुरमा एउटै फार्मबाट दुई लाखको फूल बिक्री

  रामपुर (पाल्पा) ।  पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु

५ करोड ठगीमा रेड नोटिस जारी भएकी सिन्धुपाल्चोककी बिनु शाक्य कम्बोडियाबाट पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।