प्रधानसेनापति थापाद्वारा लेखक र फोटो सर्जकलाई पुरस्कार प्रदान



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक फोटो प्रतियोगिताका विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुरस्कार प्रदान गरेका छन् । सैनिक–जनसम्पर्क तथा सूूचना निर्देशनालय स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा प्रधानसेनापति थापाले उनीहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका हुन् ।

विभिन्न कालखण्डका तस्बिर इतिहासका जिवन्त अभिलेख हुने भएकाले सेनाले तस्बिर सङ्कलन र तीनको सुुरक्षित गर्ने उद्देश्यले श्रव्यदृश्य अर्काइभ केन्द्र स्थापना गरेको छ । सेनाका विभिन्न संरचना तथा सकलदर्जासँग रहेका सैनिक गतिविधिसँग सम्बन्धित सङ्कलन गर्ने महत्वपूर्ण कडीका रुपमा प्रतियोगिता सञ्चालन गरेको बताएको छ ।

समारोहमा लेख रचनातर्फ महासेनानी विमलराज शर्मा प्रथम, ठाकुरप्रसाद बराल द्वितीय र अवकाश प्राप्त सहायकरथी धर्मबहादुर बानियाँ तृतीय घोषित भए । उनीहरुका लेखलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ प्रदान गरियो । सैनिक फोटो प्रतियोगीतामा भैरवनाथ गणले पहिलो र तेस्रो स्थान प्राप्त गर्यो भने द्वितीय पुरस्कार भने श्रीजंगणले जित्न सफल भयो । समारोहमा व्यवसायिक फोटोतर्फ श्रव्यदृश्य तथा समारोह महाशाखाका राजीव हेङ्गजुुको तस्बिरलाई वर्षको उत्कृष्ट घोषित गरियो ।

उक्त तस्बिरका लागि सर्जकलाई १५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो । उक्त विधामा सान्त्वनातर्फ छनौट भएका २२ जनालाई जनही १०/१० हजार रुपैयाँ प्रदान गरिने सेनाले जनाएको छ । सेनाले पहिलो पटक यसखाले फोटो प्रतियोगीता आयोजना गरेको हो । समारोहमा प्रधानसेनापति थापाले फोटो प्रतियोगिता मूल्याङ्कन समितिका फोटो पत्रकार प्रदीपराज वन्त, किशोर शर्मा र महासेनानी ईश्वरकुमार श्रेष्ठलाई नगद र कदरपत्र प्रदान गरे ।

लेख रचना मूल्याङ्कन समितिका प्राध्यापक कमलसिंह राठौर, प्राडा धुु्रवकुमार कार्की, रवीन्द्र खनाल र महासेनानी पद्मबहादुर बुढालाई पनि नगद पुरस्कार र कदरपत्र प्रदान गरियो । यसअघि समारोहमा फोटो मूल्याङ्कन समितिका फोटो पत्रकार वन्तले अप्रेशन कार्य, तालिम, खेलकुद, नागरिक सैनिक सम्बन्ध, समारोह र विविध गरी ६ विधामा आधारित रही तस्बिर छनौट गरिएको जानकारी दिए ।

प्रतियोगितामा विभिन्न विधामा प्राप्त करिब दुई हजार ४०० फोटामध्ये ३०० वटा तस्बिर छनौट गरी बोडमा पेश गरिएकामा अन्तिम प्रतिस्पर्धाका लागि २५ वटा छनौट गरिएको थियो ।

सोही २५ मध्येबाट पहिला, दोस्रा र तेस्रा तस्बिर छनौट गरिएको उहाँले जानकारी दिए । लेखरचना छनौट समितिका सदस्य रवीन्द्र खनालले पाँच जनाको समितिले ६ विधामा प्राप्त लेख रचना अनुसन्धानसहितको पाटोबाट अध्ययन र विश्लेषण गरी उत्कृष्ट लेख छनौट गरिएको जानकारी दिए ।

सैनिक सङ्गठनका महत्वपूर्ण अङ्गका रुपमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक हाल सन्तोष बल्लभ पौडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वडामै योजना सम्झौता : समय र खर्चको बचत

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती

बागलुङमा २६ करोड ४६ लाखको सुन्तला बिक्री

ढोरपाटन (बागलुङ)। यस वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन

सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोग विहीन

पाल्हीनन्दन (नवलपरासी)। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित भिमटाणीमा लुम्विनी प्रदेश सरकारले २७ लाख

त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ