दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरदेखि भालुवाङतर्फ गइरहेको लु १ ख ९८६३ नम्बरको बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै शुक्रबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।
मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेका उपरीक्षक चन्दले बताए । घाइतेका लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया