महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका सातजना बालिका र किशोरी भारतमा भेटिएका छन् । उनीहरु भारत बिहारको सीतामढी जिल्लाको सुरशन गाउँमा भेटिएको सूचना पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानाकारी दिएका छन् ।
उनीहरुलाई लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सितामढी गएको छ । घाँस काट्न गएका भंगहाका १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान मंगलबार दिउँसो बेपत्ता भएका थिए । साँझ अबेरसम्म घरमा नआएपछि खोजतलास सुरु भएको थियो।

प्रतिक्रिया