सिरहा मालपोतमा बम विस्फोट गराएको आरोपमा दुईजना पक्राउ



सिरहा । केही दिनअघि सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा मंगलबार सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–५ निवासी २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर निवासी २६ वर्षीय अभिमन्यू गिरी रहेका प्रहरीले जनाएको छ ।

गत चैत १ गते मालपोत कार्यालयको पहिलो तल्लामा भएको बम विस्फोटमा एक कर्मचारीसहित आठ घाइते भएका थिए । प्रेसर कुकर बम विस्फोट हुँदा कार्यालयमा क्षति पुगेको थियो ।

बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले लिएको थियो । यसअघि सोही बम विस्फोटमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले लहान नगरपालिका–१८ भदैया निवासी २८ वर्षीय बलराम मण्डललाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत फेला

सर्लाही । सर्लाहीमा पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत भेटिएका छन् ।

धानखेत मासेर किबीखेती

गलकोट ।  एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण

प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन

भजनी (कैलाली)  । प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना

देउसीभैलोमा रमाए पर्यटक

म्याग्दी ।  जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटक देउसीभैलोमा रमाएका छन्। अन्नपूर्ण