हात्तीको आक्रमणबाट धनुषामा एक जनाको मृत्यु



धनुषा । हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एक जनाको मृत्यु भएको छ । आइतबार मध्यराति हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर राति नै पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारण भागदौड मच्चिएको थियो ।

गाउँ पसेका हात्तीले घरमा भएको चामललगायत अन्न खानुको साथै १० घरमा क्षति पुर्याएको छ । गाउँलेहरुले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जङ्गलतिर गएको थियो । गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ ।

यस ठाउँमा वर्षेनी जङ्गली हात्तीले क्षति पुर्याउँदै आएको छ । जङ्गली हात्तीको आक्रमण परी मृत्यु भएका पदमबहादुरको घर दुई वर्षअघि पनि हात्तीले आक्रमण गरी घर भत्काएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिहारमा उपत्यकाको सुरक्षामा प्रहरीको उच्च निगरानी, पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ ।  गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

  काठमाडौँ  ।  तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

-डा. अरुणा उप्रेती नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ। यस पर्वलाई दाजुभाइ

‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

पाँचथर । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक