जनकपुर । एक महिनाअघि अपहरणमा परेका महोत्तरीको पिपरा गाउँपालिका–५ का मुसाफिर झा र उनकी पत्नी गीतादेवीको शव फेला परेको छ ।
महोत्तरीको त्रिपुरा गाउँपालिका–२ मा उनीहरुको शव गाडिएको अवस्थामा बिहीबार फेला परेको प्रहरीले जनाएको छ । झा दम्पतीको गत फागुन १० गते ओछ्यानबाटै अपहरण भएको थियो । उनीहरुको शव घरभन्दा डेढ/दुई किलोमिटरको दूरीमा गाडिएको अवस्थामा फेला परेको हो ।
प्रदेश नम्बर–२ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले पाँच फिट गहिरो खाल्टोमा उनीहरुको शव फेला परेको र शव कुहिएको अवस्थामा रहेको जानकारी दिए । आफन्तले शवका सनाखत गरेका छन् ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा झा दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय हरेन्द्र ठाकुरसहित चारजनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया