हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीममा तीस जना महासेनानी सहभागी



काठमाडौं । नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा नेपाली सेनाले सञ्चालन गर्ने सबैभन्दा माथिल्लो तहको ‘हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम’ बुधबारदेखि शुरु भएको छ ।

सञ्चालन भएको नवौँ समूहको उक्त तालीमका भिडियो टेलिकन्फ्रेस्मार्फत शुभारम्भ गर्दै बलाधिकृतरथी प्रभुराम शर्माले असहज परिस्थितिमा पनि समयसापेक्ष निर्णय लिनसक्ने नेतृत्व उत्पादन गर्ने पाटोमा तालीम फलदायी हुने विश्वास व्यक्त गरे ।

सेनाको स्वदेशमा हुने सबैभन्दा उच्चस्तरको उक्त तालीममा ३० जना महासेनानी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कोभिड–१९ स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै पूर्णरुपमा सामाजिक दूरी कायम गरी उक्त तालीम सञ्चालन गरिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

पाँच महिनासम्म पनि पठाएनन् काभ्रेका स्थानीय तहले बाढीपहिरो प्रभावितको तथ्याङ्क

काभ्रे । पाँच महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढिपहिरोपीडितले अझै सरकारी

विदेश र बजारबाट गाउँ फिरेका ध्रुर्व रैथाने खेती

म्याग्दी । रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको