प्रधानसेनापति थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता


काठमाडौं  प्रधानसेनापति पूर्णचन्द्र थापा र पाकिस्तानका नवनियुक्त राजदूत सैयद हैदर साहबीच भेटवार्ता भएको छ ।
प्रधानसेनापति थापा र राजदूत हैदरबीच सोमबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो। प्रधानसेनापति थापाको कार्यकक्षमा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।