बैतडीको चौलानी नदीमा एक पुरुष मृत फेला



बैतडी । बैतडीको चौलानी नदीमा आइतबार एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की रहेका छन् ।

कार्की बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भङ्गालोमा मृत फेला परेका गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए । “रमेशको कसरी मृत्यु भयो भन्ने यकिन हुनसकेको छैन”,उनले भने, “नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ ।”

गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानीमा मृत भेटिएका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दामोदरकुण्ड जाने तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या

  म्याग्दी । आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको

हिमालमा सन्निकट सङ्कट

रामबहादुर थापा, गण्डकी । गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए

विश्व सम्पदा सूचीमा सूचीकृत पाटनको देगु तलेजु मन्दिरको पुनःनिर्माण सम्पन्न

ललितपुर । नौ वर्षअघिको भूकम्पले भग्नावशेष बनाएको विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार

महिलाको अगुवाइमा म्याग्दीमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा एक करोडभन्दा बढी खर्चेर सामुदायिक