१० लाख नगदसहित तस्कर पक्राउ गर्ने महिला प्रहरी बनिन् ‘पुलिस अफ द मन्थ’



बाँके । वडा प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेमा दरबन्दी भई हाल भन्सार सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान सुनीता कुँवर बाँकेको ‘पुलिस अफ द मन्थ’ भएकी छन् । कुँवरलाई १ हजार नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको हो ।

कुँवरले भन्सारमा जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको १० लाख भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिन सफल भएकी थिइन् ।

तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह तथा विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, इमानदार र कर्तव्यनिष्ठ रहेको आधारमा कुँवरलाई उक्त पुरस्कार दिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास

विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि शुक्रबार सम्पन्न संयुक्त अभ्यासमा सहभागी नेपाली सेना र

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको २९ औँ वार्षिक साधारणसभाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट

दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत असोज

जापानको रोजगारीमा नेपाली श्रमिक पठाउने कार्य छिट्टै अघि बढ्ने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले चाँडै नै औपचारिक