कश्यपप्रसाद पौडेलको ‘डायनकी छोरी’ लोकार्पण



काठमाडौँ । उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा संग्रहको लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौँमा वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसालले उक्त कथा संग्रहको लोकार्पण गरेका हुन् ।

लोकार्पण कार्यक्रमको सभापतित्व घोष्ट राइटिङ नेपालका कमल ढकालले गरेका थिए भने अन्य अतिथिहरुमा डा. तुलसी भट्टराई (साहित्यकार), तारानाथ दाहाल (पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघ), नरेन्द्रराज पौड्याल (पूर्व प्रशासक), शान्तराम बिडारी (अध्यक्ष, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखा), महेश पौड्याल (नेपाल पत्रकार महासंघ काभ्रे पूर्व अध्यक्ष), सुनिल कुमार चालिसे (महासचिव फोरम फर हेल्थ एण्ड टेक्निकल), जीवनलाल शर्मा (नागरिक समाज), दिपकप्रसाद पौड्याल (पौड्याल वंश महासंघका उपाध्यक्ष) र बद्रीप्रसाद खतिवडा (पूर्व सांसद) रहेका थिए । कार्यक्रममा वक्ताहरुले लेखकलाई कथा संग्रह प्रकाशन र निरन्तरताको शुभकामना दिएका थिए ।

ससमल बुक पब्लिकेशन्सले प्रकाशन गरेको कथा संग्रहमा २१ फरक क्षेत्रका कथा समेटिएका छन् । पुस्तकको मूल्य ३५० रूपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि