बोलोचौक बिकास समितिद्वारा आयोजित महिला दिवसको कार्यक्रम सम्पन्न



झापा । बोलोचौक बिकास समितिले अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

सोमबार १ सय ११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा बोलोचौक बिकास समितिले आयोजना गरेको कार्यक्रममा समयको परिर्वतनसँगै महिला सशक्त हुँदै गएको भएता पनि उनीहरुमाथि हुने हिंसा नरोकिएको बताईएको थियो ।

कार्यक्रममा स्थापनाकाल देखि समितीको साधारण सदस्यता लिएको केही गर्न चाहने तर आर्थिक अभावका कारण गर्न नसकिएका महिलाहरूलाई प्रती व्यक्ति बढीमा एक लाख सम्म २ वर्ष भित्र बिना ब्याज दिने निर्णय गरिएको छ ।उक्त रकम चैत मसान्तसम्म संस्थाबाट प्राप्त सदस्यता प्रमाणपत्र सहित निवेदनमा कार्ययोजना उल्लेख गरी माग गर्नेलाई माग गरेको ७ दिनभित्र उपलब्ध गराईने समितिका अध्यक्ष डा.धर्मेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।

यस्तै, कार्यक्रममा बोलोचौक निवासी समाजसेवी बसन्त कुमार ताजपुरीयाको आर्थिक सहयोगमा ३६५ जना महिला दिदी बहिनीहरूलाई सेनेटरी प्याड वितरण गर्नुका साथै ७० वर्षिय दृष्टिविहीन सियाराम महत्वलाई एक हजार रुपैंया आर्थिक सहयोग समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही