रिचार्ज काठमाडौँ सञ्चालन कार्यविधि स्वीकृत



काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको ५८ औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो ।

यसैगरी बैठकले ‘व्यावसायिक कार्ययोजना बनाउने सहयोग गर्नेसम्बन्धी अवधारणा पत्र’ पनि स्वीकृत गरेको छ । रिचार्ज काठमाडौँ कार्यक्रमअन्तर्गत भूमिगत जल सतहको व्यवस्थापनका लागि जमिन सतहमा भएको पानी जमिनमुनि पठाउन गरिने क्रियाकलापसम्बन्धी व्यवस्था छन् ।

यसैगरी व्यवसायिक कार्ययोजना बनाउन सहयोग गर्नेसम्बन्धी अवधारणामा टोल तथा समुदायमा स्थानीय तथा परम्परागत सीपको प्रयोग गरेर उत्पादन गरिने सामानको बजारीकरणका लागि तयार पारिने कार्ययोजनासम्बन्धी व्यवस्था छन् ।

त्यस्तै बैठकले ‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौँ कार्यक्रम’ सञ्चालनसम्बन्धी कार्यविधि– २०७७’ र ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्नेसम्बन्धी मापदण्ड’ तयार गर्न सहमति दिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

यी कार्यविधि र मापदण्ड विधायन समितिमा छलफल भएपछि कार्यपालिका हुँदै स्वीकृतिका लागि नगरसभामा पेश हुनेछन् । चालु आर्थिक वर्षमा व्यावसायिक कार्ययोजना तयारीसम्बन्धी कार्यक्रमका लागि १० लाख र रिचार्ज काठमाडौँ कार्यक्रमका लागि २० लाख विनियोजन गरिएको छ ।

चाँगुनारायण नगरपालिकासँग नगर साझेदारी कार्यक्रम सञ्चालन गर्ने र डडेल्धुरा जिल्लाको अमरगढी नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले रिक्त कानूनी सल्लाहकारको पदमा सविना शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि सल्लाहकारका रुपमा रहेका रामप्रसाद सिटौला निर्वाचन आयुक्तमा नियुक्त भएपछि सो पद रिक्त रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी