मलाई प्रधानमन्त्रीको लोभ लालच छैन:सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । शनिबार आफ्नै निवासमा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक महाकाण्ड को विमोचन कार्यक्रममा सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन् । आफूहरुलाई विपक्षमा बस्ने म्याण्डेट भएको भन्दै प्रधानमन्त्री बन्न नचाहेको उनले बताए ।

विपक्षी दलको नेता भावी प्रधानमन्त्रीको रुपमा रहने भएपनि आफूलाई प्रधानमन्त्रीको लोभ लालच नभएको उनले बताए । उनले भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्याण्डेड विपक्षमा बस्ने म्याण्डेड भन्ने चलन छ नि हाम्रो । विपक्षी दलको नेता प्राइमिनिस्टर इन वेइटिङ हो । तर म त्यसमा पनि छैन ।’

सर्वोच्च अदालतले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बस्दैछ । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपा भित्रको प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको भएपनि नेपाली कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  मनाङ ।  विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

पूर्वी चितवनमा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न