लाप्राकको नमूना वस्ती वैशाख १२ मा हस्तान्तरण गरिने



काठमाडौं । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्तीको निरीक्षणका क्रममा संघका अध्यक्ष कुमार पन्तले आगामी वैशाख १२ गते वस्ती हस्तान्तरण हुने जानकारी दिएका हुन् ।

उनले लाभग्राहीलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई आफूहरुले ताकेता गरिरहेको बताए । भूकम्प गएको दिनमै वस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय भएकाले सो समयभित्रै बस्ती निर्माणका सम्पूर्ण काम सम्पन्न गर्न लाभग्राहीलाई आग्रह गरे ।

अध्यक्ष पन्तले वस्ती निर्माणमा सहयोग गर्ने प्राधिकरण, शहरी विकास मन्त्रालय, गैरआवासीय नेपाली, केयर नेपाल, नेपाली सेना, लाभग्राही र गाउँपालिका तथा वडा कार्यालयलाई धन्यवाद दिए ।

प्राधिकरणका सचिव मणिराम गेलालले प्राधिकरणका तर्फबाट पूर्वधार विकासका लागि प्रतिलाभग्राही प्राप्त हुने चार लाख अनुदान दिने प्रतिबद्धता व्यक्त गरे । लाभग्राही राज गुरुङले नमूना वस्ती तोकिएको समयमै सम्पन्न हुने बताउनुभयो । परियोजनाका सहसंयोजक श्याम तामाङले एक महिनाभित्र वस्ती निर्माण सपन्न गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सालझण्डी–ढोरपाटन सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने पर्यटकलाई सास्ती

ढोरपाटन (बागलुङ) ।  राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा

डेढ किलो सुन र डेढ करोड नगदसहित काठमाडौंबाट सात जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट एक किलो सातसय ग्राम सुनसहित सात जनालाई पक्राउ गरेको

इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने