गोरखाको सुलिकोटमा एकैघरका तीन जना मृत फेला



गोरखा । गोरखाको बारपाकमा एक घरमा तीन जना मृत फेला परेका छन् । बारपाक सुलिकोट १ मा एउटै घरभित्र एक जना पुरुष र २ महिला मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको हो । मृतक सबैको मुखबाट फिज आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ८४ वर्षका दिलबहादुर गुरुङ, २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया उषा गुरुङ रहेका छन् । दिलबहादुर र आइतकुमारी ससुरा बुहारी हुन् भने उषा उनीहरुका नातेदार भएको स्थानीयले जानकारी दिएका छन् । आज बिहान अबेरसम्म पनि घरको ढोका नखुले पछि घर भित्र गएर हेर्दा तीनै जना मृत भेटिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको