अनलाइन ठगीप्रति सावधानी अपनाउन प्रहरीको अनुरोध



काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको सूचना पठाएर पैसा माग्ने तथा सस्तो मूल्यमा सामान पठाइदिने भनेर ठगी गर्ने गिरोह नै सक्रिय भएको भन्दै प्रलोभनमा नपर्न प्रहरीले आग्रह गरेको छ । सामान सस्तो मूल्यमा छ भनी विज्ञापन गरेर पैसा जम्मा गर्न लगाएर बैंकमार्फत वा आईएमई गरेर पैसा माग्ने गरेको फेला परेको प्रहरीले जनाएको छ ।

लोभमा परेर धेरै मानिस ठगिएकाले त्यस्ता गतिविधिप्रति सचेत हुन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले आग्रह गरे । रकम जम्मा गरेपछि सामान आइपुग्ने भनेर आश्वासन दिने र रकम प्राप्त भएपछि गिरोह बेपत्ता हुने गरेको पाइएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले विभिन्न व्यक्तिबाट परेको जाहेरीका आधारमा केही बैंकका खातावाहकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । प्रहरीले एक सूचना जारी गरी बजार मूल्यभन्दा कममा सामान पाइने भन्दैमा सामाजिक सञ्जालमा प्रकाशित नक्कली विज्ञापनलाई विश्वास गरी कारोबार नगर्न पनि सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोला दर्शनका लागि श्रद्धालुको भीड

महोत्तरी । ‘सियावर रामचन्द्रकी जय हो’ एउटै वाणी, एउटै लय । मिथिला माध्यमिकी

श्रीलंकाको राजदूतमा नेपाली नियुक्त

काठमाडौं । श्रीलंकाका लागि पूर्णबहादुर नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र

मनकामनाबाट फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा

रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

मुगु ।नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ