बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ
कञ्चनपुर । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका ६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङ्गानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।