गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधवार साँझ सदरमुकाम तम्घासबाट पराल्मी तर्फ गइरहेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरामा दुर्घटना भएको हो ।
दुर्घटनामा गोमा नेपाली, शान्ति नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् । दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया