ट्राफिक प्रहरी महाशाखाद्वारा हराएका २५ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । महाशाखामा मंगलबार आयोजित एक कार्यक्रम गरी प्रमाणपत्रका आधारमा सम्बन्धित धनीलाई मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

मोटरसाइकल हराएको भनी निवेदन दिन आउनेको गुनासोलाई सम्बोधन गर्न ट्राफिक प्रहरीले विशेष अपरेशन टोली नै परिचालन गरी खोजी अभियान चलाउँदै आएको छ । सोही क्रममा विभिन्न क्षेत्रबाट मोटरसाइकल फेला पारी चोरीमा संलग्न मानिससमेत पक्राउ गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले बताए ।

महाशाखाको सादा पोशाकको टोलीले गोकर्णेश्वरबाट चोरी भएको मोटरसाइकलसहित नुवाकोट शिवपुरी गाँउपालिका–८ का विष्णु मिजारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि आजै महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । मिजारले गीतराज पाख्रिनको मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाएको पाइएको छ ।

उपत्यकाका बालाजु, टोखा, सात दोबाटो, माछापोखरी, मूलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगञ्ज, कलङ्कीलगायत स्थानबाट मोटरसाइकल फेला फेला पारेर आज हस्तान्तरण गरिएको हो ।

सादा पोशाकमा प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल तथा स्कुटर खोजीलाई तीव्रता दिइएको महाशाखाका प्रमुख एसएसपी भट्टराईले जानकारी दिए । उनले जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरनलगायतका उपकरण जडान गर्नसमेतसुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

पाँच महिनासम्म पनि पठाएनन् काभ्रेका स्थानीय तहले बाढीपहिरो प्रभावितको तथ्याङ्क

काभ्रे । पाँच महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढिपहिरोपीडितले अझै सरकारी

विदेश र बजारबाट गाउँ फिरेका ध्रुर्व रैथाने खेती

म्याग्दी । रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको