ओली समूहको आमसभाका दिन लाइसेन्सको परीक्षा स्थगित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहले आयोजना गर्न लागेको यही माघ २३ गतेको आमसभाका लागि भन्दै ट्राफिक प्रहरीले सवारीचालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा रोक्न परिपत्र गरेको छ ।
माघ २३ गतेको आमसभामा भीभीआईपी, भीआईपीको सवारी हुने भएकाले व्यवस्थापनमा अधिकतम जनशक्ति आवश्यक देखिएको भन्दै ट्राफिकले २३ गतेको लिखित र प्रयोगात्मक दुवै परीक्षा रोकेको बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका चारवटै यातायात व्यवस्था कार्यालयलाई गरेको परिपत्रमा सोहीअुनसार व्यवस्था गर्न भनिएको छ ।