घरमा लागेको आगोले जलेर झापामा एक बुद्धको मृत्यु



झापा । झापाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज बिहान १ः५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको थियो भने अन्य सदस्यले भागेर ज्यान जोगाएका थिए ।

आगलागीमा परी एउटा गाई, दुई वटा बाछा र तीन वटा बाख्रासमेत मरेका छन् । आगो प्रहरी, स्थानीयवासी, भद्रपुर, विर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो र आगलागीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

३९ लाख ५० हजार रुपैयाँ बिगो भएका बैंकिङ कसुरका तीन प्रतिवादी पक्राउ

काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन

सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

टुँडिखेलमा भूमे नाच(फोटोफिचर)

काठमाडौँ टुँडिखेलमा आइतबार भूमे पर्व संरक्षण नेपालले आयोजना गरेको भूमे पर्व कार्यक्रममा भूमे