सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा चार दिने निःशुल्क दन्त शिविर
सोलुखुम्बु । हार्टबिट, एभरेस्ट अवाइकिङ र आईएम ट्रेकिङको सहकार्यमा आयोजित ४ दिने निःशुल्क दन्त शिविर आइतबार सम्पन्न भएको छ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित खरीखोला सामुदायिक अस्पतालमा गरिएको ४ दिने निःशुल्क दन्त शिविर कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
हार्टबिट संस्था, एभरेस्ट अवाइकिङ र आईएम ट्रेकको संयुक्त प्रयासमा खरीखोला सामुदायिक अस्पतालसंग समन्वय गरि अस्पतालको प्राङ्गणमा दन्त शिविर कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख नेतृत्व हार्टबिट संस्थाको कार्यक्रम संयोजक प्रकृति श्रेष्ठ र सहप्रमुख आई एम ट्रेकका अध्यक्ष पेम्बा जाङ्बुले गरेका थिए ।
काठमाडौंदेखि करिब ३३५ किलोमिटरको दुरिमा रहेको गाउँपालिकामा अन्य रोगलाई जस्तो दाँत दुखाइलाई नलिने र दाँतको उपचारको लागि करिब ५ घन्टा लगाएर गाडीमा जानुपर्ने भएको हुदाँ उक्त गाउँमा ४ दिने दन्त शिविर गरेको एभरेस्ट अवाइकिङको सचिव पेम्बा वाङ्छु शेर्पाले बताए ।
शिविरमा पहिलो दिन ३७ जना, दोस्रो दिन ६७ जना, तेस्रो दिन ४५ जना र चौथो दिन ५७ जना गरि जम्मा २०४ जनाले दाँतको उपचार गराएका थिए । जसमध्ये महिला १०७ जना र पुरुष ९७ जना रहेको हार्टबिट संस्थाकी प्रतिनिधि रोशनी गोलेले तामाङ्गले बताइन् ।
उनीहरुमध्ये ५५ जनाको दाँता निकालिएको र ७ जनाको दाँता भरिएको गोलेले जानकारी दिइन् । साथै कार्यक्रममा औषधि,मन्जन, ब्रस लगायत स्वास्थ्य सामग्री पनि वितरण गरिएको थियो।
डेन्टल डाक्टरहरु निशा श्रेष्ठ, सन्जोग अधिकारी, कन्चन तामाङ र प्रनिश भण्डारीको सक्रियतामा सम्पन्न उक्त शिविरमा आईएम ट्रेकका अध्यक्ष पेम्बा जाङ्बु शेर्पा, एभरेस्ट अवाइकिङका सचिव पेम्बा वाङ्छु शेर्पा, हार्टबिट संस्थाकी प्रतिनिधि रोशनी गोले तामाङ्ग सहभागी थिए ।