जापानद्वारा पुनर्निर्माणपछि विपी राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण



काठमाडौं । जापान सरकारले भूकम्पपछिको पुनर्निर्माण सकेर बीपी राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विहीबार आयोजित भर्चुअल कार्यक्रममार्फत जापानले राजमार्ग नेपाललाई हस्तान्तरण गरेको हो ।

वि.सं.२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त राजमार्गको पुनर्निर्माण गत महिना सम्पन्न भएपछि जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । राजमार्गको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए ।

काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो बीपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण शुरु गरी सन् २०१५ मा निर्माण सम्पन्न गरेको थियो । तर हस्तान्तरण गरेको दुई महिना नबित्दै वि.स. २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना भाइरस संक्रमित एक महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु

विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । उपचारका

स्वर्णिम वाग्लेको प्रश्नः बैरागी स्वयं शंकको घेरामा हुनुहुन्छ, शंकाको घेरामा रहेको व्यक्तिले कसको छानबिन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे सरकारले

भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने गृहमन्त्रीको दाबी

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति

बीसवर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वानअनुसार २०वर्षे ‘सगरमाथा वृक्षरोपण