पूर्वमन्त्री बस्नेतले सम्पादकहरुलाई धम्क्याएकोप्रति महासंघको आपत्ति



काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पूर्वमन्त्री महेश बस्नेतले सम्पादकहरूलाई धम्क्याएको भन्दै आपत्ति जनाएको छ।

महासङ्घले बिहीबार विज्ञप्ति जारी गरी बस्नेतले बुटवलमा मंगलबार भएको सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूलाई धम्क्याएको भन्दै आपत्ति जनाएको हो ।

उनले लोकतन्त्रको अभ्यासका नाममा केही मिडियाहरूले अराजकता फैलाएको भन्दै कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा, रातोपाटीका प्रधान सम्पादक ओम शर्मा र इकागजका सम्पादक हरिबहादुर थापाको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याएका थिए। महासङ्घले यसरी धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएको छ।

‘पत्रकारले समाचार लेखेका कारणले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो,’ विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने यो घटनाको महासङ्घ कडा शब्दमा भर्त्सना गर्दछ।’

‘प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न एवम् यस्ता कार्य नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ महासङ्घले भनेको छ।

इकागजका सम्पादक हरिबहादुर थापाले लेखेको सम्पादकीयका बारेमा बस्नेतले युवाहरूको भेलामा सार्वजनिक रूपमै टिप्पणी गरेका थिए। उनले सम्पादक थापाको नाम तोकेर बहस गर्न चुनौती दिएका थिए।

त्यस्तै, बस्नेतले आफ्नो युवासंघमा डिग्री र पिएचडी गरेका युवाहरू भएको र अवसर पाएमा हरिबहादुर थापा र सुधीर शर्माहरूलाई तर्कमा हराउन सक्ने बताएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा