ट्राफिक प्रहरीको विशेष अप्रेशनबाट चोरीका २४ वटा मोटरसाइकल खोजी गरि हस्तान्तरण



काठमाण्डौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम पक्राउ गर्न थालेको हो । दिनेश थापा मगर, नबिन गुरुङ, सुरज गिरी, बिशाल राई, तिर्थ प्रसाद भण्डारी,

भरत थापा, अजय तुलाधर, शिवराम ढकाल, मन्दिप राई, ईश्वरी लामिछाने, सर्वज्ञ खड्का, बिधान राई, शंकर परसाद बाह्रकोटी, जितामित्र सुनार, छिरिङ तामाङ, नारायण प्रसाद राजथला, नुर्बु शेर्पा, ममता थापा, केशर बहादुर थापा, श्याम कुमार बि.क., धाल बहादुर कार्की, थानेश्वर पोखरेल, सुनिता प्याकुरेल र बिक्रम महर्जनलाई हराएको मोटरसाईकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले हस्तान्तरण गरेका छन् ।

जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकहरुलाई सुझावका साथै चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईनमा लगईन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको कार्यालय प्रमुखले बताए ।

ट्राफिक प्रहरी टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तिनकुने, पाटन, ढुङ्गेधारा, पुरानो बानेश्वर, सामाखुसी, ठमेल, टोखा, सुकेधारा, बसुन्धारा, दधिकोट भक्तपुर, कपन, बसुन्धारा, कोटेश्वर, धुम्बाराही, विशालनगर, सामाखुसी र किर्तिपुर लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।
महाशाखाले यस आर्थिक वर्षमा १९९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ३५ जनालाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले