हुम्लामा अज्ञात रोगका कारण मर्न थाले कुखुरा



सिमकोट । हुम्ला गाउँपालिका–२ थालीमा अज्ञात रोगका कारण दैनिक १५ देखि २० कुखुरा मर्ने गरेका छन् । विगत तीन दिनदेखि अज्ञात रोगका कारण यहाँका दैनिक करीब २० वटा स्थानीय जातका (लोकल) कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् ।

पाँच दिन अगाडि मात्रै बाजुराको कोल्टीबाट सर्केगाड गाउँपालिका–२ उनपानी र रिप गाउँका दुई जना व्यापारीले बिक्रीका लागि १६ वटा कुखुरा ल्याएपछि गाउँका स्थानीय जातका (लोकल) कुखुरामा रोग फैलिएको बताइएको छ ।

कुखुरामा कुन रोग लागेको हो भन्ने पहिचान हुन नसकेको भएपनि स्थानीयवासीले मरेका कुखरा दैनिकजसो पकाएर खाने गरेका छन् । जिल्ला बाहिरबाट ती कुखुरा नल्याउँदासम्म गाउँका कुखुरामा कुनै पनि रोग नलागेको स्थानीयवासी लामा रावलले बताए ।

बाहिरबाट ल्याएका कुखुराबाट रोग सरेको हुन सक्ने अनुमान छ । बाहिरबाट ल्याएका कुखुरा जोडीको पाँच हजार ५०० दरले गाउँलेले किनेपछि यहाँका स्थानीय जातका कुखुरामा रोगको प्रकोप देखापरेको स्थानीयवासी रावलको भनाइ छ ।

कुखुरामा कराउने र झोक्राउने जस्ता लक्षण देखिने र केही समयपछि मर्ने गरेको छ । गाउँमा सयौँ कुखुरा मरिसक्दा पनि खार्पुनाथ गाउँपालिका पशु शाखा कार्यालयले यसतर्फ गम्भीर हुन सकेको छैन् ।

मरेको कुखुरालाई क्षेत्रीय प्रयोगशालामा पठाएर परीक्षण गरेपछि खाने योग्य भएमात्र खानुपर्ने पशुसेवा तथा भेटेनरी कार्यालय हुम्लाका सूचना अधिकारी कृष्ण रोकायाले बताए ।

थाली गाउँमा अज्ञात रोगका कारण कुखुरा मर्ने गरेको जानकारी हालसम्म नआएको खार्पुनाथ गाउँपालिका पशुसेवा प्रमुख नरेन्द्र शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर