ललितपुरमा मृत फेला परेका दम्पतीको हत्या कि आत्महत्या ?



ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका ७ मा घरभित्रै एक दम्पती मृत फेला परेका छन् । राजविराज स्थायी घर भएर लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका प्रहरीले जनाएको छ ।

चार वर्षदेखि फ्लाट भाडामा लिएर आएका उनीहरु आफ्नो कोठामा मृत भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

घटनास्थलबाट प्रहरीले स्लफर नामको विषादीको बट्टासमेत फेला पारेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले विष सेवनबाट आत्महत्या गरेको देखाएको छ । ‘विष भेटिनुले आत्महत्यातिर नै अनुसन्धान केन्द्रित भएको छ । तर, अन्य एङ्गलबाट पनि अनुसन्धान गरिरहेका छौं,’ एसएसपी बज्राचार्याले भनिन् । उनीहरुको शव पोष्टमोर्टमको तयारी भइरहेको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास