यसरी हटाइँदैछ रानीपोखरीको पानीबाट लेउ र झ्याउ



काठमाडौं । काठमाडौं महानगरले रानीपोखरीको पानीमा जम्न थालेको हरियो लेउ र झ्याउ हटाउन थालेको छ । पुननिर्माणपछि चिटिक्क भएको पोखरीको पानीमा लेउ पर्न र झ्याउ पलाएपछि कुरुप बन्न थालेको थियो । पोखरीको सुन्दरतालाई यथावत् राख्न काठमाडौँ महानगरपालिकाले पोखरीको सरसफाई थालेको हो । यसका लागि नगर प्रहरीको टोली खटाइएको छ ।

‘राजधानीको केन्द्रमा रहेको पोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरुसँग छलफल गरिरहेका छौँ ।’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्छन् ‘पुननिर्माणपछि रानीपोखरी महानगरलाई हस्तान्तरण भइसकेको अवस्था छैन । यद्यपि, पोखरी हाम्रै क्षेत्राधिकार भित्र पर्ने भएकाले हामीले शुद्धीकरणको प्रयास गरेका हौँ ।’

पोखरीको पर्यावरणीय व्यवस्थापनका लागि काठमाडौं महानगरले नियमित काम गर्नेछ । ज्ञवालीले भन्छन्, ‘पानीमा माछा नहालेकाले हो अथवा सुरुमा हालेको पानीका कारणले हो, छिट्टै लेउ र झ्याउले ढाक्यो । यसको सन्तुलनका लागि पोखरी सफा गरेर पहिलो चरणमा केही माछा हालेर परीक्षण गर्ने र त्यसपछि दीर्घकालीन समस्या समाधानको बाटो अपनाउने तयारीमा छौं ।’

नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाकाअनुसार पोखरीको सफाइका लागि दैनिक २० जना नगर प्रहरी खटाइएको छ । दुई दिन ५० जना जनशक्तिले काम गर्दा करीब ८ ट्रिपर लेउ र झ्याउ झिकिएको छ ।

लेउ न्युनीकरण गर्ने औषधि र पानीको मात्रा बढाउने उपायका बारेमा प्राधिकरणसँग कुरा भइरहेको सापकोटाको भनाइ छ ।
प्राधिकरणका इन्जिनियर राजुमान मानन्धर पानी शुद्धीकरणका विकल्पका विषयमा कुराकानी भइरहेको बताउँछन् । काठमाडौं महानगरपालिकाले सरसफाइका लागि गरेको प्रयास राम्रो हो । पोखरी हस्तान्तरणका विषयमा गरिएको प्रश्नको उत्तरमा मानन्धर भन्छन्, ‘अहिलेसम्म निर्णय भएको छैन ।’

यस अघि महानगरपालिकाकै सहकार्यमा रानीपोखरीमा पानी भर्ने काम भएको हो । मानन्धर भन्छन्, ‘पानीको सतह घटेको छ । हामीले सुरुमा ५ फिट २ इन्चमा करीब ३ करोड २२ लाख लिटर पानी भरिएको थियो । अहिले सतह घटेर त्यहाँ करीब ३ फिट जति अर्थात् करीब २ करोड लिटर हाराहारीमा मात्रै पानी रहेको अनुमान गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण