नेपाली सेनाद्वारा विपन्न परिवारलाई कम्बल वितरण



काठमाडौं । नागरिक र सेनाबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यअनुरुप नेपाली सेनाले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ र १९ स्थित बडरहवाका विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । नेपाली सेनाको श्री नम्बर २८ बाहिनी अड्डाअन्तर्गत श्री चन्दननाथ गणको टोलीले आर्थिकरुपमा विपन्न मुसहर, पासवान, माझी समुदायका परिवारलाई राहतस्वरुप १५० वटा कम्बल वितरण गरेको हो ।

स्थानीय सर्वसाधारण र बालबालिका प्राथमिक विद्यालयका विद्यार्थीले प्रयोग गर्ने गरी कम्बल वितरण गरिएको सेनाले जनाएको छ । राहत वितरण कार्यक्रममा श्री नम्बर २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्का, श्री चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेलगायत स्थानीय निकायका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा श्री चन्दननाथ गणले कम्मलको व्यवस्थापन, जाडोमा उपस्थित स्थानीयलाई चिया बिस्कुटको व्यवस्थासमेत गरेको थियो । कार्यक्रममा बाहिनीपति खड्काले चिसोको कारण असहज जीवनयापन गरिरहेका विपन्न समुदायलाई राहत वितरण गरी सहयोग गर्न पाउँदा ज्यादै खुशी लागेको बताए ।

कम्बल पाएपश्चात स्थानीय विपन्न समुदायका मुसहर, पासवान, माझी समुदायका परिवारले खुशी हुँदै सेनालाई धन्यवाद दिएका थिए । कोरोना महामारीको विद्यमान असहज परिस्थितिमा पनि आफ्नै घर आँगनमा आएर नेपाली सेनाले राहत वितरण गरेकामा निकै खुशी लागेको उनीहरुको प्रतिक्रिया थियो ।

चन्दननाथ गणले गत हप्ता पनि करैयामाई गाउँपालिकाको उमजनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरबाट ४५० स्थानीयले स्वास्थ्य सुविधा लिएका थिए । सेनाले विपद्जन्य परिस्थितिमा उद्धार एवं राहत वितरण जस्ता परोपकारी कार्यलगायत विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई

पाँच महिनासम्म पनि पठाएनन् काभ्रेका स्थानीय तहले बाढीपहिरो प्रभावितको तथ्याङ्क

काभ्रे । पाँच महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढिपहिरोपीडितले अझै सरकारी

विदेश र बजारबाट गाउँ फिरेका ध्रुर्व रैथाने खेती

म्याग्दी । रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको