मुद्दा मिलाइदिने भन्दै ९० हजार घुस माग्ने पक्राउ



काठमाडौं । मुद्दा मिलाई दिन्छु भनी ९० हजार घुस लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार बिहान साढे सात बजेको समयमा काठमाडौं महानगर वडा नम्बर १५ स्वयंभुबाट मकवानपुरको टिष्टुङ पालुङका चन्द्र लामा भन्ने बुद्धिवहादुर घलानलाई पक्राउ गरेको हो ।

घलानले महानगरीय प्रहरी वृत्तमा अनुसन्धानको क्रममा रहेको एक मुद्दा मिलाईदिन्छु भनि पीडितपक्षसँग ९० हजार रुपैयाँ माग गरेका थिए । उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र निर्माण गरिने

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले

सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार

इन्डो–प्यासिफिक कमान्डद्वारा नेपाललाई २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा

काठमाडौं । अमेरिकाले कोभिडविरुद्धको लडाइँका लागि नेपाललाई थप २७ लाख ५० हजार अमेरिकी

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा पचालकको मृत्यु भएको